र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा

पोखरा । चर्चित र्‍यापर आशिष राना उर्फ लाउरे धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले ५० हजार धरौटीमा लाउरेलाई छोड्न आदेश दिएको हो ।

लागूऔषध ब्राउन सुगर सहित पोखराको जाल्पारोडबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले लाउरेलाई छोड्ने आदेश दिएको हो ।

उनीसँगै पक्राउ परेका अन्य ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

प्रतिक्रिया

One thought on “र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *