एमसीसी स्वीकारे अमेरिकी सेना आउँछ भनेर प्रचारबाजी गरियाे : प्रवक्ता महत

काठमाडाैँ । सत्तारूढ दल कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी अनुदान सहयोग भएकाले पछि नहट्ने स्पष्ट पारेका छन् ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता महतले एमसीसी मुलुकको हितका लागि भएकाले यसलाई सदनबाट पारित गरेरै छाड्ने बताएका छन् । उनले गठबन्धन दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको बताए । उनले एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर नियोजित रूपमा प्रचारबाजी गरिएको धारणा राखे ।

एमसीसी सम्झौता संसद्‍बाट पास गर्न प्रमुख प्रतिपक्षी दल एमालेले समेत सहयोग गर्ने विश्वास रहेको प्रवक्ता महतले बताए । महतले प्रधान मन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्‍बाट अनुमोदन गराउनका लागि सबैसँग सरसल्लाह गरिरहेको पनि जानकारी दिए ।

उनले नेपाल कांग्रेस सत्तामा हुँदा वा नहुँदा सत्य कुरामा अडिक रहेको बताए । कांग्रेस सत्तामा आइसकेपछि एमसीसीलाई अगाडि बढाउन अग्रसरता देखाएको उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *