साताका सात तस्बिर

यो साता काठमाडौँमा एमसीसीविरुद्व धेरै आन्दोलन भए । नयाँ बानेश्वर क्षेत्र रणभूमि बन्यो । यसपटक हाम्रो साताको सातमा त्यस्ता आन्दोलनका तस्बिरले स्थान पाएका छन् ।

बानेश्वरको आकाशे पुलमा भिखारी
पछिल्लो समय काठमाडौँमा भिकारीको सङ्ख्या बढ्दो छ । यस्ता भिखारीहरू प्राय भारतीय मूलका हुने गरेका छन् । उनीहरूले पैदल यात्रुलाई हैरान पार्ने काम गर्दछन् ।

जिम्मेवारी बहन
बानेश्वरको निषेधित क्षेत्रमा सुरक्षार्थ खटिएको सुरक्षाकर्मी ।

निषेधित क्षेत्र
नयाँ बानेश्वरमा निषेधित क्षेत्रको तुल लगाउँदै प्रहरी । संसद् भवनतर्फ जान प्रदर्शनकारीलाई रोक्न सरकारले बानेश्वरको एभेरेस्ट होटलदेखि माथि निषेधित क्षेत्र घोषणा गरेको छ ।

गन्तव्यतर्फ जाँदै
संसद् भवन वरपर एमसीसीको विरोध प्रदर्शन हुने भएपछि सरकारले त्यस क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ । यसैक्रममा सुरक्षाकर्मीको बीचबाट काखे नानी बोकेर आफ्नो गन्तव्यतर्फ जाँदै एक महिला

रौद्र रूपमा भैरव
चित्रकार समुन्द्रमान सिंह श्रेष्ठले बनाएका कौमारी र रौद्र भैरवको चित्रकला । चित्रकार श्रेष्ठको चित्रकला यो साता “म्युजियम अफ नेपाली आर्ट्स” मा प्रदर्शन गरिएको छ ।

पानीको फोहोराले ढलेका प्रदर्शनकारी 
एमसीसीविरुद्धको प्रदर्शन उग्र भएपछि नयाँ बानेश्वरमा प्रहरीले भिड नियन्त्रण गर्न पानीको फोहोराले हान्दा केही प्रदर्शनकारी ढलेका थिए ।

रणभूमिमा परिणत भएको सडक 
एमसीसीको विरुद्धको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएपछि बानेश्वर सडकको दृश्य ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *