थप ५७० जना काेराेना संक्रमित, ६ काे मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लाे २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७८९ नमुना परीक्षण गरिएको थियो । ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, साेही समयमा थप ६ जनाकाे मृत्यु भएकाे छ भने १ हजार ९९३ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । हाल देशभर १६ हजार ६१६ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *