डिएलए नेपालको केन्द्रीय निर्वाचन स्थगित

काठमाडौँ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को केन्द्रीय कार्यसमिति निर्वाचन स्थगित भएको छ । काठमाडौँ जिल्ला डिएलएको अधिवेशन नभएको र अन्य जिल्लाहरूबाट मतदाता नामावली प्राप्त नभएकाले निर्वाचन स्थगित गरिएको हो ।

निर्वाचन समितिले सूचना जारी गर्दै अर्को मिति तय नभएसम्मका लागि निर्वाचन स्थगित भएको जनाएको छ । ‘तोकिएको मितिमा निर्वाचन गर्न गराउन काठमाडौँ जिल्ला डिएलएको अधिवेशन नै नभएको र विभिन्न जिल्लाबाट मतदाता नामावली हालसम्म पनि डिएलए केन्द्रमा प्राप्त नभएको ब्यहोरा जानकारी हुन आएको छ,’ सूचनामा भनिएको छ, ‘यही ७ गते शनिबार गर्ने गरी तोकिएको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरिएको ब्यहोरा जानकारी गराइन्छ ।’

निर्वाचनबारे चाँडै नयाँ मिति सार्वजनिक गरिनेछ । ‘निर्वाचन सम्बन्धी कार्यक्रम सम्पूर्ण मतदाता नामावली प्राप्त भएपछि पुनः प्रकाशित गरिने ब्यहोरासमेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *