एमसीसी आवश्यक छ, संसदमा पेश गराैँ : कानुन मन्त्री बडू

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले एमसीसी आवश्यक भएकाले अगाडि बढाउनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि बोल्दै मन्त्री बडूले एमसीसी आवश्यक भएकाले यसलाई संसदमा पेश गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘एमसीसी आवश्यक छ । यसलाई संसद्मा पेश गराैँ । सडकमा भइरहेका बहसलाई रोक्न पनि संसदमा पेश गर्नुपर्छ ।’ मन्त्री बडूले पाँच दलको गठबन्धनमा सहमति जुटाएर ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गरिने बताए ।

‘एकदिन रोकेर छलफल गरौँ । माओवादी पनि छलफल गरेर पेश गर्न सहमति छ । सबै दलबीच छलफल हुन्छ,’ उनले भने, ‘दुई दिनको समय प्राप्त हुन्छ । अन्तिम समयमा सहमति हुन्छ । माओवादी केन्द्र पनि सहमतिमा आउँछ । एमसीसी संसदमा पेश हुन्छ ।’

यस्तै, बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्तामा एमसीसीबारे बिहीबार निर्णायक वार्ता गर्ने सहमति भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *