कांग्रेसले गर्‍यो एमसीसीबारे १२ बुँदे लिखित धारणा सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको छ । कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसीबारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको हो ।

कांग्रेसले नेपालमा पूर्वाधारको व्यापक विकासका लागि एमसीसीको आवश्यक रहेको ठहर गरेको छ । त्यस्तै कांग्रसेले राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकासका लागि एमसीसी संसदबाट पास गर्नु आवश्यक रहेको उल्लेख गरेको छ ।

एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको भन्दै कांग्रसले संसद्‌मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न नमिल्ने बताएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट एमसीसी संसदबाट पास गर्नुपर्ने निर्णय पारित गरिएको कांग्रेस नेता एनपी साउदले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *