कानुनमन्त्री बडू भन्छन्-

‘भोलिको संसद् बैठकमा एमसीसी टेबल हुनसक्छ’

काठमाडौँ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा एमसीसी सम्बन्धी सम्झौता टेबल हुनसक्ने बताएका छन् । बानेश्वरमा जारी कांग्रेस संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै मन्त्री बडूले भोलिको बैठकमा सो सम्झौता टेबल गर्न सकिने बताएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि एमसीसी सम्झौता टेबल गर्न सहमत रहेको उनको भनाई छ । ‘उहाँहरूको सबैको सहमति खोजौँ भन्ने चाहना छ,’ उनले भने ।

काँग्रेसको संसदीय दलको बैठकमा सांसदहरूलाई पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसीबारे ब्रिफिङ गरेका छन् । काँग्रेस शुरु देखिनै एमसीसीको पक्षमा रहेको छ । यसअघि विपक्षमा हुँदा पनि काँग्रेसले एमसीसी प्रस्ताव सरकारले ल्याएमा समर्थन गर्ने बताउँदै आएको थियो ।

तर अहिले सत्ता गठबन्धनले प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग प्रस्ताव दर्ता गरेपछि भने यसलाई एमसीसीसँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *