आज कतिमा हुँदैछ सुनकाे कारोबार ?
२०७८ फागुन २ गते

फाइल फोटो।
काठमाडौँ । सुनको भाउ सोमबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैयाँमै कारोबार भएको थियो ।
यसैगरी,सोमबार तेजाबी सुनको भाउ तोलाको ९५ हजार निर्धारण भएको छ । आइतबार एक हजार ३००रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
२०७८ फागुन २ गते
प्रतिक्रिया








