मुक्तिनाथ विकास बैंकले रेडक्रस सोसाइटी लुम्बिनीलाई दियो ३ थान जैविक सूक्ष्मदर्शी

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) लुम्बिनी प्रदेशलाई तीन थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण गरेको छ।
बैंकका अनुसार रक्त बैंकको प्रयोगशालाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उपलब्ध गराइएका सूक्ष्मदर्शीले रगतको नमुना परीक्षण, रक्तका कोशिका तथा प्लेटलेटको अवलोकन, असामान्यताको पहिचान तथा रक्तको गुणस्तर परीक्षणमा सहयोग पुग्नेछ। यसले रक्त सङ्कलन, प्रशोधन, परीक्षण र भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको बैंकले जनाएको छ।
मुक्तिनाथ विकास बैंकले सुरक्षित, गुणस्तरीय र भरपर्दो रक्तसञ्चार सेवाको सुदृढीकरण तथा जनस्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको जनाएको छ।
बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्तो सहयोग प्रदान गरिएको हो।








