एमसीसीकाे निर्णय सडकबाट हाेइन, सदनबाट हाेस् : दिपकराज गिरी

काठमाडाैँ । हास्य कलाकार तथा निर्माता, निर्देशक दिपकराज गिरीले एमसीसीबारेकाे निर्णय सडकबाट नभई सदनबाटै हुनुपर्ने उल्लेख गरेका छन् ।

शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कलाकार गिरीले जनताकाे प्रतिनिधि सांसद भएकाले त्यसकाे निर्णय उनीहरूले गर्न पाउनुपर्ने बताएका हुन् ।

आफूलाई निकै समयदेखि एमसीसी बारे किन नबाेलेकाे भन्ने प्रश्न आएकाे स्मरण गर्दै सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरो निर्णय, मैले भोट हालेको सांसदले गर्नेछन् । सांसद भनेको मेरो प्रतिनिधि हो, यसकाे शाब्दिक अर्थ पनि त्यही हो । निर्णय उनीहरूबाट नै हुनुपर्छ । निर्णय सडकबाट होइन, सदनबाटै गर्ने हो ।’

त्यस्तै, उनले नेपालका लागि सबै देशहरू महत्वपूर्ण भएकाे भन्दै नेपालकाे परराष्ट्र नीति नेपालकाे हितमा हुनुपर्नेमा जाेड दिएका छन् । उनले उल्लेख गरेका छन्, ‘चीन पनि ठिक, अमेरिका पनि ठिक, भारत पनि ठिक, सबै छिमेकी बराबर भनेजस्तो, लिंग नखुलेको परराष्ट्र नीतिको दिन गयो अब ।’

यस्तै, उनले देशलाई दीर्घकालीन फाइदा हुने कित्तामा स्पष्ट भएर उभिन समेत आग्रह गरे । ‘आफ्नो देशलाई दीर्घकालिक फाइदा जता हुन्छ त्यहाँ स्पष्ट भएर उभिनु पर्यो । इतिहास हेर, हिसाब गर, स्पष्ट भैसक्यो ।’

त्यस्तै, उनले एमसीसी चीन र अमेरिका दुवैकाे प्रतिष्ठाकाे विषय बनेकाे समेत उल्लेख गरेका छन् ।

एमसीसीका सन्दर्भमा देशका प्रतिनिधिहरूलाई विश्वास गर्न भन्दै उनले सडकले निर्णय गर्ने भए अर्बाैं खर्च गरेर देशको ढुकुटी सकाएर सांसद छनाैट गर्नुकाे के अर्थ भनी प्रश्न समेत गरेका छन् ।

गिरीकाे स्ट्याटस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *