प्रतिनिधिसभाको बैठक सार्न एमालेकाे आग्रह

काठमाडौँ । नेकपा एमालेले फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न आग्रह गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले फागुन १ र २ गते प्रदेश १ मा एमालेको कार्यक्रम रहेको र कार्यक्रम जुधेकाले २ गतेको बैठक सार्न संघीय संसद सचिवालयका महासचिव र सचिवलाई आग्रह गरेको बताए ।

लामो समयदेखि संसद बैठकमा अवरोध गर्दै आएको एमालेले बैठक सार्न आग्रह गरेको हो । यसअघि एमालेका मूख्य सचेतक भट्टराईले एमालेले अब संसदमा अवरोध नगर्ने मकालुखबरलाई बताएका थिए ।

यसअघि माघ २६ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सभामुख अग्निप्रसाद सापकोटाले फागुन २ गतेका लागि सारेका थिए । सरकारकारले बैठक सार्न आग्रह गरेकाले सारिएको संसद सचिवालयले जनाउँदै आएको छ । यसअघि पनि संसद बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *