नेविसंघ महाधिवेशनकाे माग गर्दै सानेपामा प्रदर्शन

काठमाडाैँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेकाे छ ।

संघको महाधिवेशनको माग गर्दै संघले पार्टी कार्यालयमा प्रदर्शन गरेका हुन् । म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने र रिक्त पदमा मात्र मनोनयन गर्नुपर्ने संघको माग छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका नेताहरूलाई संघलाई अन्यौलमा नराख्न आग्रह गरेका छन् । नेविसंघका विद्यार्थी नेता सुशील भट्टले पार्टीका भातृसंगठनलाई निष्कृय नबनाउन ध्यानाकर्षण गराइएको बताए । महाधिवेशन सुनिश्चित गर्न दवाव आवश्यक रहेको उनको भनाइ छ ।

सो क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भातृ संगठनको बिषयमा उचित निर्णय गर्ने जानकारी दिए । लामो समयदेखि नेविसंघको अधिवेशन हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *