एसईईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक भएको छ । आगामी बैशाख ९ गतेदेखि शुरू हुने परीक्षाको राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेको हो । बोर्डले बुधबार आगामी बैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको थियो  ।

तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ । ११ वैशाखमा अनिवार्य गणित र १२ मा अनिवार्य नेपालीको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *