संसदबाहिरका दलहरूले गरे एमसीसीविरुद्ध प्रदर्शन

काठमाडाैँ । एमसीसी–सम्झौताविरुद्ध संसदबाहिर रहेका राजनीतिक दलहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

संसद बाहिर रहेका विभिन्न राजनीतिक दल, विभिन्न संघसंस्था र अभियानहरूको मोर्चा संयुक्त जनआन्दोलनले एमसिसीको विरोधमा बुधवार काठमाडौको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रर्दशन गरेका हुन् ।

एमसीसी सम्झौतामा नेपालको कानुनभन्दा अमेरिकाका माथि हुने देखिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ । उनीहरूले एमसीसी अमेरीकी सुरक्षा सैन्य रणनीतिसँग जोडिएको भन्दै राष्ट्रहित विपरीत रहेको बताएका छन् ।

प्रदर्शनमा सहभागीहरूले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गर लगाएका नारा लगाएका थिए । नेकपा (माले), नेकपा (संयुक्त), नेपाल कम्युनिष्ट पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, लगायत विभिन्न संघसंस्थाहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।

एमसीसी पास गर्ने या नगर्ने भन्ने सम्बन्धमा राजनीतिक दलहरूबीच पनि सहमति जुट्न नसक्दा अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *