प्रधान मन्त्रीसँग छलफलका लागि ओली र प्रचण्ड बालुवाटारमा

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवासँग छलफलका लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बालुवाटार पुगेका छन् ।

एमसीसी अनुमोदन गर्ने नगर्ने, स्थानीय निर्वाचनको मिति तय गर्ने लगायत विषयमा छलफल गर्न प्रधान मन्त्री देउवाले अध्यक्षहरू प्रचण्ड र ओलीलाई बोलाएका हुन् ।

एमसीसी अनुमोदनको विषय थप पेचिलो बन्दै जाँदा प्रधान मन्त्री देउवाले बिहान अध्यक्ष ओलीसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

याे पनिः प्रधान मन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *