प्रधान मन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ । दुई नेताबीच आइतबार प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुन लागेको प्रधान मन्त्रीको सचिवालयले जनाएको छ ।

ओली सात महिनापछि आज बालुवाटार जान लागेका हुन् । प्रधान मन्त्री देउवाको सचिवालयका अनुसार दुई नेताबीच भेटवार्ता हुने भनिए पनि समय निर्धारण भएको छैन ।

भेटवार्तामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) र स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि प्रधान मन्त्री देउवा नै बालकोट पुगेर एमाले अध्यक्षसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *