२४औँ हिउँदे ओलम्पिक शुरू

काठमाडौँ । २४औं हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन गरिएको छ । तामझामका साथ शुक्रबार राति ८ बजे चीनका राष्ट्रपति सी चिनफिङले २४औं हिउँदे ओलम्पिकको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाख, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय संघसंगठनका प्रतिनिधि, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३० भन्दा बढी मुलुकका शीर्ष नेताहरू उपस्थित थिए । नेपालका तर्फबाट बेइजिङस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कौशलकिशोर राय सहभागी थिए ।

यो पनि पढ्नुहोस् : शितकालीन ओलम्पिकः बहिष्कारबीच वैभव र रवाफ देखाउँदै चीन

प्रतियोगितामा ९१ देशका ३ हजार खेलाडीले १०९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । विश्वमा कोरोना भाइरस (कोभिड-१९) फैलिएयता २०२० टोकियो ओलम्पिक पछिको यो दोस्रो ठूलो खेलकुद हो ।

बेइजिङ ग्रीष्मकालीन तथा हिउँदकालीन दुवै खेलकुद एकै सहरमा गर्ने विश्वको पहिलो सहर बनेको छ । प्रतियोगिताहरू बेइजिङको राष्ट्रिय रंगशाला बर्ड नेस्ट, यानछिङ जिल्ला र छिमेकी हपेइ प्रान्तको चाङ्च्याखौमा हुनेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *