स्थानीय तह निर्वाचनको कार्ययोजना पेश गर्न सुरक्षा निकायलाई निर्देशन

काठमाडौँ । सरकरारले स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना पेश गर्न निर्देशन दिएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । बैठकमा समग्र सुरक्षाको विश्लेषणका साथै सुधार्नुपर्ने विषयमा पनि छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै बैठकमा म्यादी प्रहरी भर्नाका बारेमा पनि छलफल गरिएको छ । निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेपनि सरकारले निर्णय गरिसकेको छैन । तर, सुरक्षा निकायलाई तयार रहन र आवश्यक सुरक्षा रणानीतिबारे छलफल गर्न बैठक बसेको थियो ।

बैठकमा स्थानीय तहको निर्वाचनमा आवश्यक सबै सुरक्षा रणनीति अख्तियार गर्न गृहमन्त्रीले निर्देशन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *