प्रधान मन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार दुई नेताबीच भेट भएको हो । भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ । सत्ता गठबन्धनबीच एमसीसीबारे बहस हुँदै गर्दा प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन पहल थालेका छन् ।

यसैबीच माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छन् । एमाले भने सत्तारूढ दलहरूकाे आधिकारिक धारणा पर्खी बसेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *