साताका ७ तस्बिर

अबदेखि हामी हरेक शनिबार मकालुखबरमा प्रकाशित सात उत्कृष्ट तस्बिरहरूको सँगालो ‘साताका सात’ प्रकाशित गर्नेछौँ । माघको दोस्रो साता मकालुखबरमा प्रकाशित सात तस्बिरहरू :-

खोपको बाकस बोकेर खोप केन्द्रसम्म लैजाँदै गुरुकुलका बटुकहरू

कोरोनाको तेस्रो लहर आए सँगै सरकारले १२ वर्ष देखि १७ वर्ष सम्मका विद्यार्थीहरूलाई विद्यालय स्तरमै कोरोना विरुद्धको खोप कार्यक्रम सुरु गरेको छ ।

पुनर्निर्माणमा जुट्दै मजदुरहरू
२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको देशकै ठुलो प्रशासनिक भवन सिंहदरबारको मुख्य भवन पुनर्निर्माण हुँदैछ । भवनको छाना लगायत अन्य भाग अझै पुनर्निर्माण भएर सकिएको छैन ।

जीर्ण अवस्थाको संसद् भवन
राष्ट्रिय पञ्चायत, ४७ पछिको संसद् भवन र ०६२ को आन्दोलन पछी तत्कालीन राजा ज्ञानेन्द्रले संसद् पुनर्स्थापना गरेपछि यही भवनमा संसद्को पहिलो बैठक बसेको थियो । र यसै भवनबाट नेपालमा राजतन्त्र हटि गणतन्त्र स्थापना भएको घोषणा गरिएको थियो । २०७२ सालको भूकम्पले यो भवनलाई पनि जीर्ण बनाएको छ ।

मास्क लाउँदै, मास्क बेच्दै
विश्वमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि मास्क प्राय अनिवार्य भएको छ । कोरोनाले मास्कलाई औषधी पसलबाट नाङ्लो पसलमा सम्म पाइने बनायो । चाबहिलको सडकपेटीमा मास्क बेच्दै एक वृद्धा

सार्वजनिक सवारी प्रयोगकर्तालाई सास्ती
कोरोना फैलिन रोक्ने भन्दै काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले सवारीसाधनहरूमा जोरबिजोर प्रणाली लागु गरेसँगै सार्वजनिक यातायात प्रयोगकर्ताले सास्ती पाउन थालेका छन् ।

टुँडिखेल भित्रको ‘सानो पहाड’
वीर अस्पतालको नयाँ भवनका साथै अन्य निर्माणमा निस्किएको माटो थुपार्दा टुँडिखेल भित्र ‘सानो पहाड’ बनेको छ । हाल त्यो स्थान फोटो खिच्ने देखि समय कटाउनेहरूको गन्तव्य बनेको छ ।

जोरबिजोरको चेक
कोरोना फैलिन रोक्ने भन्दै काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले सवारीसाधनहरूमा जोरबिजोर प्रणाली लागु गरेसँगै सडकमा सवारीसाधनको चेकिङमा कडाइ हुन थालेको छ । चेकिङमा आफ्नो परिचयपत्र र खोप कार्ड देखाउँदै सर्वसाधारण ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *