रियल हारबाट जोगिँदा बार्सिलोनालाई तीन अंक

काठमाडाैँ । स्पेनिस लालिगा फुटबलमा रियल म्याड्रिड हारबाट जोगिँदा बार्सिलोनालेपनि तीन अंक हासिल गरेको छ । आइतबार भएको खेलमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै एल्चेसँग रियल २-२ गोलको बराबरी गर्न सफल हुँदा बार्सिलोनाले भने अलाभेसलाई १-० ले पराजित गर्‍यो ।

शीर्ष स्थानको रियल आइतबार राति घरेलु मैदानमा पराजय उन्मुख रहँदा ८२ औ मिनेटमा पहिलो पेनाल्टी मार्फत खेलमा फर्कने प्रयास गरेको थियो । अन्ततः मन्जुरी समयमा उसले दोस्रो गोल गर्दे पराजय टारेको थियो ।

खेलमा ४२ औ मिनेटमा एल्चेले लुकास बोएको गोलमार्फत अग्रता बनाएको थियो । पहिलो हाफमा १-० को अग्रता बनाएको उसले दोस्रो हाफमा थप एक गोल गर्‍यो । ७६ औ मिनेटमा पेरे मिलाले दोस्रो गोल गर्दै टीमलाई २-० को अवस्थामा पुर्‍याए । लुक्का मोड्रिले पेनाल्टी मार्फत रियललाई ८२ औ मिनेटमा एक गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए । इन्जुरी समयको दोस्रो मिनेटमा रियलका एडर मिलिटाओले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याए ।

आइतबार रातीनै भएको खेलमा बार्सिलोनाले अन्तिम समयमा तीन अंक हासिल गर्‍यो । उसका लागि फ्रेन्की डे जोङले गरेको गोल निर्णायक साबित भएको थियो । अधिकांश समय गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाका लागि निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा डे जोङले फेरान टोरेसको एसिस्टलाई सदुपयोग गर्दै टीमको सम्भावित बराबरी टारेका थिए ।

जितपछि बार्सिलोनाले २१ खेलबाट ३५ अंक बनाएर पाँचौँ स्थानमा उक्लिन सफल भएको छ । बार्सिलोनासँग पराजित भएको अलाभेस भने रेलिगेशन जोनमा रहेको छ । अलाभेसको २२ खेलबाट १७ अंकका साथमा १९ औ स्थानमा रहेको छ ।

त्यस्तै रियलले २२ खेलबाट ५० अंकका साथ शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको सेभिल्लालाई रियलको बराबरीले केही राहत मिलेको छ । रियल अझै सेभिया भन्दा ४ अंकले अघि छ । को अग्रता भने कायम बराबरी पछि एल्चेले २३ अंक बनाएर १५ औ स्थानमा कायम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *