रामोसको ‘डेब्यु’ गोलमा पिएसजीको सहज जित

काठमाडौँ । रियल म्याड्रिडबाट पिएसजी पुगेका सर्जियो रामोसले फ्रेन्च लिग वानमा ‘डेब्यु’ गोल गरेका छन् । पेरिस सेन्ट जर्मेइन (पिएसजी) मा उनले आफ्नो चौथो खेलमा गोल सम्भव बनाए । उनको गोलमा पिएसजीले रिम्स माथि ४-० को एकतर्फी जित हासिल गर्न सफल भयो ।

खेलमा अग्रता भने पिएसजीले मार्को भेराटीको गोलमार्फत लिएको थियो। भेराटीले २०१७ पछि लिगमा गोल गरेका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको पिएसजीका लागि दोस्रो गोल रामोसले ६२ औ मिनेटमा गरेका थिए । वउट फेसले आत्मघाती गोल गर्दा पिएसजीले ६७ औ मिनेटमा तीन गोलको अग्रता बनायो । टिमका लागि चौथो गोल भने ड्यानीलोको नाममा रह्यो ।

जितसँगै पिएसजीले दोस्रो स्थानको नाइस सँगको अंक दुरी ११ अंकमा पुर्‍याएको छ। पिएसजीले जितसँगै पछिल्ला १३ खेलमा अपराजित यात्रा कायम राख्न सफल भयो । पिएसजीको लिगमा २२ खेलबाट ५३ अंक छ । समान खेलबाट नाइसको ४२ अंक छ । नाइसले पनि आइतबार रातिनै भएको खलमा मेट्जलाई २-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *