प्रचण्डपत्नी सीतालाई काेराेना संक्रमण पुष्टि, आईसीयूमा उपचार हुँदै

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी तथा माओवादी केन्द्र केन्द्रीय सल्लाहकार परिषद्का सदस्य सीता दाहालकाे आईसीयूमा उपचार भइरहेकाे छ । काेराेना संक्रमण पुष्टि भएपछि उनकाे तीन दिनयता मेडिसीटी अस्पतालकाे आईसीयूमा उपचार भइरहेकाे प्रचण्डकाे निजी सचिवालयले जनाएकाे छ ।

अहिले उनकाे स्वास्थ्यमा क्रमश: सुधार भइरहेकाे प्रचण्डकाे सचिवालयका सदस्य रमेश मल्लले बताएका छन् । ‘उहाँकाे स्वास्थ्यमा सुधार भइरहेकाे छ,’ मल्ले भने, ‘स्वास्थ्यमा प्रतिकूलता देखिएपछि उहाँकाे सघन कक्षमा उपचार भइरहेकाे छ ।’

सचिवालयकाअनुसार सीतामा काेराेना संक्रमण भने पुष्टि भइसकेकाे छैन । सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ‘पीएसपी] बाट लामो समयदेखि पीडित छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *