निर्वाचन आयोगको निर्देशनबारे छलफल गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । निर्वाचन आयोगले पार्टीको विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएको विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले पदाधिकारीको बैठक बोलाएको छ । आयोगको निर्देशनपछिको अवस्थाबारे छलफल गर्न आइतबार पदाधिकारी बैठक बोलाइएको हो । नेता मोहन श्रेष्ठका अनुसार बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुनेछ ।

आयोगले केही दिन अघि राप्रपालाई पत्र लेख्दै राप्रपाको विधानमा उल्लेख भएको राजसंस्था र हिन्दू राष्ट्र भन्ने शब्द सात दिनभित्र हटाएर ल्याउन भनेको छ।

राप्रपाले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम गत पुस १० मा दल अद्यावधिक गर्नका लागि आयोगमा पठाएको थियो । राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउँदै आएको छ।  आयोगको निर्णय र त्यसबारे पार्टी नेतृत्व मौन रहेको भन्दै राप्रपाका पूर्वअध्यक्ष कमल थापाले विरोध गरेका छन् ।

सम्बन्धित समाचार

विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई आयोगको पत्र

निर्वाचन आयोगले पठाएको पत्र लुकाएर राख्नु आश्चर्यजनक : कमल थापा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *