सडकमा सवारी कम, छैन कडा चेकिङ (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएसँगै सवारीको चाप देखिएको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले काठमाडौँ, ललितपुर र भक्तपुरमा आजदेखि जोरबिजोर प्रणाली लागू गरेको हो ।

योसँगै बिहानैदेखि उपत्यकाका सडकमा सवारी कम गुडेका छन् । आज जोर दिन भएकाले जोर नम्बरका सवारी बढी देखिन्छन् भने केही बिजोर नम्बर भएका सवारी पनि गुडिरहेका छन् ।

कोरोनाको पहिलो र दोस्रो लहरको बेला लागू गरिएको जोरबिजोर प्रणालीमा जस्तो कडा चेकिङ पनि गरिएको छ । ठाउँ ठाउँमा चेकिङका लागि प्रहरी परिचालन गरिएको भए पनि प्रायः निर्बाध रूपमै सवारी गुडिरहेका छन् ।

अत्यावश्यक सेवामा प्रयोग हुने र तोकिएका सवारीलाई जोरबिजोर प्रणाली लागू गरिएको छैन । शुक्रबारदेखि नै सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *