खोप नलगाए जोकोभिचले यो वर्षका सबै ग्रान्डस्लाम गुमाउने

काठमाडौँ । टेनिसका विश्व नम्बर १  खेलाडी नोभाक जोकोभिचको फ्रेन्च ओपन पनि अनिश्चित बनेको छ । कोरोना विरुद्धको खोप नलगाउने अडानमा रहेका उनले खोप नलगाए फ्रेन्च ओपन पनि खेल्न नपाउने भएका हुन् ।

फ्रान्स सरकारले पनि खोप नलगाएका खेलाडीलाई फ्रेन्च ओपन खेल्न नदिइने निर्णय गरेको छ । फ्रान्सेली खेलकुद मन्त्री रोक्सना मारासिनेउले भनेकी छिन्, खोप नलगाएका खेलाडी फ्रेन्च ओपन खेल्न पेरिस नआए हुन्छ । आएमा, मेलबर्नमा भएको जस्तै अवस्था हुनेछ । स्मरणीय छ मेलबर्नबाट भर्खरै जोकोभिचलाई भिसा रद्द गर्दै घर फिर्ता गरिएको थियो । वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेका उनलाई खोप नलगाएका कारण अस्ट्रेलिया सरकारले घर पठाइदिएको थियो ।

यो पनि : कीर्तिमानको कोर्टमा अहमको तगारो

यसअघि खोप नलगाएकालाई खेल्नबाट प्रतिबन्ध लगाउने नियम नभएको  फ्रान्समा भर्खरै यस्तो नियम बनेको हो । विम्बल्डन र यूएस ओपन खेल्न त यसअघि नै खेलाडीले खोप लगाएको हुनैपर्ने अनिवार्य नियम बनेको छ । खोप नलगाउने आफ्नो जिद्दीमा कायमै रहे जोकोभिचले यो वर्ष कुनैपनि ग्रान्डस्लाम खेल्न नपाउने सम्भावना बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *