गठबन्धन बैठक : वैशाखमै निर्वाचन गर्न दलहरू सहमत

काठमाडाैँ । सत्तारुढ गठबन्धनकाे बैठक सकिएकाे छ । प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा मंगलबार बिहान साढे ९ बजेपछि बसेकाे बैठकमा दलहरूले स्थानीय निर्वाचनलगायतका विषयमा छलफल गरेका थिए । छलफलका क्रममा दलहरू निर्धारित समयमै निर्वाचन सम्पन्न गराउन सहमत भएका छन् ।

गठबन्धनका एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे सचिवालयकाअनुसार दलहरूबीच वैशाखमै निर्वाचन गराउने विषयमा सहमति जुटेकाे हाे । ‘स्थानीय निर्वाचन निर्धारित समयमै गर्ने दलहरूबीच सहमित बनेकाे छ,’ प्रचण्ड सचिवालयका सदस्य रमेश मल्लले भनेका छन् ।

अब थप छलफलका लागि माघ ६ गते अर्काे बैठक बस्नेछ ।

निर्वाचन आयाेगले दलहरूलाई चाँडाेभन्दा चाँडाे निर्वाचनकाे मिति घाेषणा गर्न आग्रह गरेकाे छ । गत पुस २९ गते आयाेगमा बसेकाे सर्वदलीय बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयाेगलाई निर्वाचनकाे तयारीका लागि १२० दिनभन्दा बढी दिन लाग्ने स्मरण गराउँदै चाँडाे निर्णयमा पुग्न आह्वान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *