आज उपनिर्वाचन, ३० उमेदवार प्रतिस्पर्धामा

काठमाडौं । इलाम-२ र बझाङ १ ‘क’मा आज उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

आयोगले निर्धक्क भएर मतदानमा भाग लिन अपिल पनि गरेको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको पाण्डेयले जानकारी दिएका छन् ।

सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले बताए ।

आज प्रतिनिधिसभातर्फ इलाम-२ र प्रदेशतर्फ बझाङ १ को ‘क’ मा उपनिर्वाचन हुन लागेको हो । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *