पार्टी रुपान्तरण जरुरी छ : कांग्रेस उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण जरुरी रहेको बताएका छन्।

उनले यसका लागि पार्टी सञ्चालनका क्रममा भएका कमजोरी स्वीकार गर्दै आफू सच्चिन तयार भएको जनाउँदै सबैले आफ्ना गल्ती स्वीकार गरेर सच्चिनुपर्नेमा जोड दिए।

नेपाल मुस्लिम संघ, लुम्बिनीको प्रथम सम्मेलनलाई  बुटवलमा बुधबार सम्बोधन गर्दै उनले पार्टी सञ्चालनका भएका कमजोरी स्वीकार्दै पार्टीलाई पुनःनिर्माण गरेर जोगाउनुपर्ने अवस्था आएको बताए।

उनले भने, ‘म तपाईंहरूले बनाएको उपसभापति हुँ, म आफ्नो तर्फबाट भएका गल्ती स्वीकार्न तयार छु, सबैले गल्ती स्वीकारौँ, पार्टी आफ्नो ट्रयाकमा आउँछ।’

उपसभापति खड्काले पार्टी बचाएको पुस्तालाई सम्मान गर्नुपर्ने र अहङ्कार, घमण्डबाट मुक्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

इलाम र बझाङको उपनिर्वाचनबाट पाठ सिकेर अघि  बढ्नुपर्ने भन्दै उनले दुवै क्षेत्रको उपनिर्वाचनमा ०७९ सालमा पाएको मत सुरक्षित गरे पनि थप बढाउन नसकेको प्रस्ट पारे।

उपनिर्वाचनको परिणामलाई पार्टीले गम्भीरतापूर्वक लिएको खड्काको भनाइ थियो । उनले सङ्घीय सरकारले आवश्यक कानुन बनाउन नसक्दा प्रदेशलाई समस्या भएको र सङ्घीयताको विपक्षमा प्रश्न उठाउनेलाई बल पुगेको पनि बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सहकारी ठगहरू लगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई संरक्षण गर्न थालेको आरोप लगाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *