उपनिर्वाचन

इलाम र बझाङमा मतदान सुरु, ५ बजेसम्म जारी रहने

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ र बझाङ-१ को ‘क’मा मतदान सुरू भएको छ । बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ ।

प्रतिनिधिसभातर्फ इलाम-२ मा १९ र प्रदेशतर्फ बझाङ-१ को ‘क’मा ११ उमेदवार चुनावी मैदानमा छन् । इलाममा एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेका छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ ।

बझाङमा ६१ हजार सात सय ४८ मतदाताले आफ्नो उम्मेदवार चुन्दैछन् । निर्वाचनका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि ६ सय ५१ कर्मचारी र एक हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते र बझाङ-१ को ‘क’का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते निधन भएपछि रिक्त यी क्षेत्रमा आज उपचुनाव भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *