धरौटीमा छुट्ने बित्तिकै दिपेश पुन फेरि पक्राउ

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन फेरि पक्राउ परेका छन् ।

पक्राउ गरेर रुपन्देही प्रहरीले उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई बुझाइएको छ ।

शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत सीआईबीको जिम्मा लगाइएको हो ।

उनी ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोप छ । शुक्रबार सहकारी ठगी प्रकरणमा अदालतले तोकेको चार लाख रुपैयाँ धरौटी बुझाएपछि उनी रिहा भए लगतै पक्राउ परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *