२४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो (तस्बिरहरू)

काठमाडौँ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । सरकारले ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो ।

दिवसका अवसरमा मूल समारोह समितिले आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण र सहरी विकासमन्त्री रामकुमारी झाँक्री लगाएतका निश्चित मानिस मात्र भौतिकरूपमा उपस्थित थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् । कोरोना भाइरसको नयाँ स्वरुपका कारण कार्यक्रमको स्वरुप परिवर्तन गरिएको मूल समारोह समितिले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *