५ सयले बढ्यो सुन, तोलामा कति ?
२०७८ पुस २९ गते

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुने भएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार हुने भएको छ ।
२०७८ पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित








