सूर्य विनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
२०७८ पुस २८ गते

काठमाडौँ । भक्तपुर नगरपालिका–४ सूर्य विनायकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
मिनर्वा इङ्लिस स्कुलमा भएको शिविरमा ९८१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

१८२ जनाको रक्त परीक्षण, १४३ जनाको भिडियो एक्सरे र ८७ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३१ जनाको दाँतको उपचार गरिएको छ ।

शिविरमा केएमसीका विशेषज्ञ डाक्टरहरूले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

२०७८ पुस २८ गते
प्रतिक्रिया
सम्बन्धित









