बुधवार सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ ।

छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =