उपत्यकामा १२ देखि १८ वर्ष मुनिकालाई दिन थालियो खोप (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहकालाई खोप दिन थालिएको छ । उपत्यकाका विद्यालय तथा सबै स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्ष मुनिका बालबालिकाहरूलाई कोरोना भाइरसविरुद्ध खोप दिन थालिएको हो ।

उनीहरूलाई फाइजर र मोडर्नाको खोप दिन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *