टोखामा चाकु बनाउने चटारो (तस्बिरहरू)

काठमाडौँ । चाकुका लागि नेपालमै प्रसिद्ध ठाउँ हो टोखा । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा टोखाका व्यवसायीहरूलाई अहिले चाकु बनाउने चटारोले छोपेको छ ।

पुरानो नेवार बस्ती भएको शहरमध्ये एक टोखा बजार पस्ने मुख्य द्वार पुग्नुभन्दा अघिनै चाकुको मगमग बास्ना आउँदछ । टोखाका चाकु व्यवसायीलाई हिजो आज चाकु बनाउन भ्याईनभ्याई छ ।

अहिले नेपाली बसोबास गरेका विश्वका विभिन्न शहरहरुबाटसमेत माग भएपछि उनीहरू बढी व्यस्त भएका हुन् । टोखामा हाल १५ वटा परम्परागत चाकु बनाउने कारखाना रहेका छन् । जसमा बाजेकै पेसा अँगालेका नाति उद्यमीहरू बढी छन् ।

उनीहरूले अहिले १०० वर्ष अघिकै प्रविधि प्रयोग गर्दै उही स्वादमा चाकु उत्पादन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *