रुबी खानको अनसन तोडियो (तस्बिरहरू)

काठमाडौँ । बाँकेको नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै अनसनरत रुबी खानको अनसन तोडिएको छ । सरकारसँग ४ बुँदे सहमति भएसँगै उनले अनसन तोडेकी हुन् ।

सहमतिपछि मंगलबार माइतीघर मण्डलामा ४१ दिनदेखि भएको आन्दोलन स्थगित भएको छ । सहमतिपछि नागरिक आन्दोलनका अगुवा डा. गोविन्द केसीले खानलाई जुस खुवाएर आन्दोलन स्थगित भएको घोषणा गरिएको थियो । यस क्रममा गृह मन्त्रालयको तर्फबाट सहसचिव मुकुन्दप्रसाद निरौला, सहसचिव प्रदीपकुमार कोइराला, सहसचिव भीष्मकुमार भुसाल, सुरक्षा तथा प्रशासन विज्ञ सुनिल खनाल, उपसचिव दिलकुमार तामाङ र उपसचिव वसन्त भट्टराई उपस्थित थिए ।

यस्तै आन्दोलनरत पक्षको तर्फबाट रुबी खान, नागरिक समाज, डा केसी, अधिकारकर्मी अन्सारी, अधिवक्ता ओमप्रकाश अर्याल, विमल अर्याल, मनकुमार भुर्तेल, कौशिला वागवान, गीता चमार र वसन्त रन्जितकारले हस्ताक्षर गरेका छन् ।

यो सहमतिपछि महिला अधिकार मञ्चले विज्ञप्ति जारी गरेर जारी आन्दोलन स्थगित गरिएको जनाएको छ । बिहान जारी गरिएको विज्ञप्तिमा आन्दोलन स्थगित गर्ने र खानले अनसन तोड्ने उल्लेख छ । सहमतिमा कथमकदाचित न्याय पाउने बाटोमा अवरोध आए फेरि निरन्तर आन्दोलनमार्फत खबरदारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *