‘सुदूरपश्चिम महोत्सव’ माघ १८ गतेदेखि सञ्चालन गर्ने तयारी

धनगढी । सुदूरपश्चिम महोत्सवको १५औं संस्करण यस वर्ष माघ १८ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । कोरोना भाइरसका कारण दुई वर्षदेखि सञ्चालन हुन नसकेको सुदूरपश्चिम महोत्सव यस वर्ष आगामी माघ १८ देखि २९ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको हो ।

आयोजक कैलाली उद्योग वाणिज्य संघले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव आयोजनाबारे जानकारी दिएको हो । यस वर्ष महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकालीमार्गसँगैकाे व्यक्तिको जग्गामा आयोजना गरिने संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । उनका अनुसार महोत्सवमा बृहत् व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, कृषिसम्बन्धी विभिन्न प्रविधि, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदि व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइनेछ ।

महोत्सवमा कृषि, जडिबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गार्मेन्छ, इलेक्ट्रनिकल, होटल र सूचना प्रविधिलगायत गरेर विभिन्न चार सय बढी स्टलहरू रहेन अध्यक्ष कुँवरले बताए । महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवलाई व्यव्यरुपमा सञ्पन्न गर्न मुल समितिसहित विभिन्न २१ वटा उपसमिति रहने जनाइएको छ ।

विगतका वर्षहरूमा मंसिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सव कोरोनाका कारण गएका दुई वर्ष सञ्चालन हुन सकेको थिएन । यसवर्ष पनि संघले महोत्सवको मिति तोकेपनि कोरोनाको अर्को ओमिक्रोन भेरिन्ट भारतमा फैलिन थालिसकेकाले महोत्सव स्थगित गर्नुपर्ने हो कि भन्ने चिन्ता आयोजकलाई छ । नेपाल सरकारले पनि ओमिक्रोन फैलिँदोक्रममा रहेकाले भीडभाड नगर्न, अनिवार्य मास्क प्रयोग गर्न/गराउनलगायतको निर्देशन जारी गरिसकेको अवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *