गठबन्धनमा राष्ट्रिय सभाकाे भागबन्डा : कांग्रेसलाई ६, माओवादी-समाजवादीलाई ५/५ सिट

काठमाडाैँ । सत्तारुढ गठबन्धनमा रहेका दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् । सोमबार बिहान प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा बसेकाे बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरूमा भागबन्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हाे ।

बैठकमा सहमति भएअनुसार गठबन्धनमा रहेकाे सबैभन्दा ठूलाे दल नेपाली कांग्रेसले ६ सिट पाउने भएकाे छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५ सिट पाउनेछन् । यस्तै जसपाले २ सिट पाउने भएकाे भने राष्ट्रिय जनमाेर्चाले १ सिट पाउने भएकाे छ ।

खाली हुने १९ सिटमध्ये ८ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरूकाे कार्यकाल सकिँदैछ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *