कृषि क्षेत्रमा हुने नोक्शानीको जिम्मा सरकारले लिनुपर्छ : डा.आरजु (भिडिओ)

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले जलवायु परिवर्तनको कारणले कृषि क्षेत्रमा हुने नोक्शानीको जिम्मा सरकारले लिने प्रावधान बनाउन जरुरी रहेको बताएकी छन् ।

बिहीवार हिमाल, जनता र जलवायु सम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति राणाले यस्तो बताएकी हुन् ।

उनले नेपालमा जलवायु परिवर्तनको ठूलो असर कृषि क्षेत्रमा परिरहेको भन्दै सरकारले हानी नोक्शानी कोषमा दाबी गर्नको लागि तथ्यहरु संकलन गर्न आवश्यक रहेको बताइन् ।

उनले नेपालमा जलवायु परिवर्तनको कारण कृषि क्षेत्रमा भएको हानी नोक्शानीको कोषमा दाबी गर्ने नीतिगत र पहुँच नभएको भन्दै सरकारले कानूनी प्रावधानहरु बनाएर काम गर्न आवश्यक रहेको बताइन् ।

सभापति राणाले जलवायुजन्य जोखिमलाई न्युनिकरणको लागि जलवायु परिवर्तनबाट भएको हानी नोक्शानीको लगत निकाल्न स्थानीय सरकारलाई जिम्मेवार बनाउन आवश्यक रहेको बताइन् ।

हानी नोक्शानीको क्षतिपूर्ती दाबी गर्नको लागि संकलन गरिने तथ्यहरु एउटा मात्रै घटनालाई लिएर बनाउन नहुने बताइन् । हानी नोक्शानी दाबी गर्न सरकारले समग्र सबैलाई समेट्ने ढाँचा बनाउनुपर्ने बताइन् ।

सभापति राणाले स्थानीय,प्रदेश र संघीय तीनै तहका सरकारले जिम्मेवारी लिएर जलवायुजन्य हानी नोक्शानी लगायत अन्य कोषहरु कसरी दाबी गर्ने भन्ने विषयमा एकीकृत प्रणालीमा जान जरुरी रहेको उल्लेख गरे ।

उनले सरकारले कृषिमा भएका सकारात्मक प्रयोगबाट आएको परिणामलाई लागू गर्न आवश्यक रहेको बताइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *