सदनको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेससँग नेकपा एसले छलफल गर्ने

नेकपा (एकीकृत समाजवादी) ले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ ।  बिहीबार बसेको सो पार्टीको ८२ औँ सचिवालय बैठकले संसद्को गतिरोध अन्त्यका निम्ति पहल कदमी लिने निर्णय गरेको हो ।

पार्टी कार्यालय आलोक नगरमा बसेको सचिवालय बैठकमा सदनको गतिरोध हटाउन प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

त्यस्तै बैठकले दसौँ महाधिवेशनमा पेश हुने पार्टीका दस्तावेज जेठ १५ गते ७७ वटै जिल्लामा पठाउने निर्णय पनि गरेको छ ।

एकीकृत समाजवादीले १० औँ राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म काठमाडौँमा गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

यसैबिच महाधिवेशन तयारी समिति सचिवालयको प्रथम बैठक पनि बिहीबार नै बसेको छ । बैठकले खाद्य,आवास प्रचार, लगायत व्यवस्थापनका पक्षमा योजना निर्माणबारे छलफल गरेको छ । सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *