काभ्रेको रातमाटेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–६ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, रातमाटे युवा क्लब, जनहित एकता समाज र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १ हजार तीन सय ६७ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार शिविरमा उपचारका क्रममा १९२ जनाको इसीजी, २१३ जनाको रक्त परीक्षण र १९८ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै ३१ जनाको दाँतको उपचार गरिएको छ ।

केएमसीका विशेषज्ञ डाक्टरहरूको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा उपचार सम्भव नभएका ६३ जनालाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *