एकता दिवस नमनाए सरकारविरुद्ध आन्दोलन गर्छौँ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस नमनाए सरकारविरुद्ध विरोध शुुरु गर्ने बताएका छन् । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

राष्ट्रिय एकता दिवस मनाए स्वागत गर्ने नत्र सरकारविरुद्ध विरोध शुुरु हुने उनको भनाई छ । ‘पुष २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाइयोस् भन्ने हाम्रो माग छ । सरकारले सोही अनुरूप निर्णय गरे, पुष २७ गतेका दिन हामी खुसीयाली मनाउँछौँ । सरकारले त्यसो गरेन भने त्यही दिनदेखि सरकारको विरुद्धमा हाम्रो कार्यक्रम सुरु गर्छौँ,’ राप्रपा अध्यक्ष लिङ्देनले भने ।

लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापनाका लागि निर्वाचन र सडकको दुवै विकल्प एकसाथ सञ्चालन गर्ने बताए । ‘जुन बाटोबाट हाम्रो मान्यता चाँडो स्थापित हुन्छ सोही विकल्प हामी अघि सार्छौँ,’ उनले भने, ‘यस सन्दर्भमा समान विचारधारा भएका हामीहरू एक ठाउँ उभिन जरुरी छ, र पर्ख र हेरौँ भन्ने हामीसँग समय छैन, हामीलाई त्यो छुट छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *