म काम गरेपछि मात्रै बोल्छु : मन्त्री झाँक्री

काठमाडाैँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूले काम गरेपछि मात्र बोल्ने बताएकी छन् । गुल्मीको धुर्कोटस्थित धुर माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह बाेल्दै मन्त्री झाँक्रीले बताएकी हुन् ।

केही नेताहरूले आश्वासन बाँडेर काम नगरेको भन्दै झाँक्रीले आफूले काम गरेपछि मात्र बोल्ने बताइन् । ‘अहिले म गर्न नसक्ने योजना बाँड्दै हिँड्न चाहन्न,’ उनले भनिन्, ‘हिजो कसैले बोलेर जनताहरूलाई झुक्क्याएर काम नभएको उदाहरण भएकाले म काम गरेपछि मात्रै बोल्छु ।’

फरक प्रसङ्गमा मन्त्री झाँक्रीले धुर्कोटको शिक्षालगायत अन्य विकासका काममा आफूले हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरिन् । शिक्षा नीति परिवर्तनको आवश्यकता औँल्याउँदै उनले विद्यालयको संरचनाभन्दा पनि कक्षाकोठाको सिकाइ, पठनपाठनको विषय महत्त्वपूर्ण रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *