सन् २०२१ मा अवरोध भयो तर हामी समृद्धिको अभियानमै छौँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिलाई नयाँ वर्षमा उचाइमा पुर्‍याउने बताएका छन् । सन् २०२१ मा केही शक्तिहरूले देशको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रूपमा अलमल्याउने काम गरेको टिप्पणी गर्दै उनले थाती रहेका राष्ट्रिय समृद्धिलाई नयाँ वर्षमा उचाइमा पुर्‍याउने बताएका हुन् ।

नयाँ सन् २०२२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य रहेको पनि बताए । ‘भर्खरै सन् २०२१ मा केही शक्तिहरूले मुल्को दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रूपमा अलमल्याउने काम गरे। मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको असाधारण अभियानतर्फ अगाडि बढाइरहेको एमालेको सरकारलाई संविधानको अपव्याख्याबाट हटाइयो’ ओलीले भनेका छन् ।

ओलीले २०२१ मा आफू नेतृत्वको सरकारले असाधारण काम गरेको, चुच्चे नक्सा प्रकाशन गरेको, अर्थतन्त्रलाईमाथि उठाएको, विकासका दूरगामी योजनाहरू थालनी गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *