ओटीटीमा मन पराइएका बलिउड चलचित्र

२४ डिसेम्बर २०२१ मा रिलिज भएको चलचित्र ‘अतरंगी रे’ लाई धेरै रुचाइएको छ । दर्शकबाट राम्रो रेटिङ पाउन नसके पनि यो चलचित्र डिज्नी प्लस हटस्टारमा सबैभन्दा धेरै हेरिएको चलचित्र बनेको छ । यो वर्ष २०२१ मा ओटीटी प्ल्याटफर्ममा रुचाइएका केही बलिउड चलचित्रहरू :-

जय भीम
अमेजन प्राइममा नोभेम्बर २ मा रिलिज भएको जय भीम सन् २०२१ मात्र होइन, अहिलेसम्मको सबैभन्दा धेरै हाइ रेट पाएको भारतीय चलचित्र पनि हो । यो एक अदालतका वकिलको शक्तिको कथा हो । चलचित्रमा सूर्या मुख्य भूमिकामा देखिएका थिए । यो चलचित्रलाई दर्शकले ९.५ अङ्कसहित रेट गरेका छन् ।

सरदार उधम सिंह
८.८ रेटिङ प्राप्त गरेको चलचित्र ‘सरदार उधम सिंह’ मा विक्की कौशल मुख्य भूमिकामा थिए । सुजित सरकारद्वारा निर्देशित यो चलचित्र एक स्वतन्त्रता सेनानीको वास्तविक कथामा आधारित छ ।

शेर शाह
१२ अगस्ट २०२१ मा रिलिज भएको यो चलचित्र शहीद विक्रम बत्राको वास्तविक कथामा आधारित छ । चलचित्रमा सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी मुख्य भूमिकामा थिए । चलचित्रसँगै र यसका गीतहरूको राम्रो चर्चा भयो । चलचित्रलाई दर्शकले ८.७ रेट गरेका छन् ।

सूर्यवंशी
६.५ रेट प्राप्त गरेको चलचित्र ‘सूर्यवंशी’ हल पछि पछि नेटफ्लिक्समा रिलिज भएको छ । चलचित्रमा अक्षय कुमार, कट्रिना कैफ, रणवीर सिंह र अजय देवगण देखिएका छन् । चलचित्रले ओटिटी अघि बक्स अफिसमा समेत राम्रो प्रदर्शन गरेको थियो ।

मिमी
कृति सेनन र पङ्कज त्रिपाठी स्टारर चलचित्र मिमी २६ जुलाईमा नेटफ्लिक्समा रिलिज भएको थियो । चलचित्रले सरोगेट आमाको कथा बोलेको छ । यसलाई दर्शकले ८ रेट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *