अर्जुन कुमारका कुरा !

काठमाडौँ । उखान छ ‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने । अर्को पनि नेपाली उखान छ,’लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ ३ बल्ड्याङ’ । पछिल्लो उखान अहिले आएर चपली हाइट निर्मातासँग मिल्न गएको छ ।

चलचित्र चपली हाइट ३ प्रदर्शनको सङ्घारमा थियो । कोरोना सङ्क्रमण फैलियो र हल बन्द भयो ।  दोस्रो लहर समेत सकिए पछि बिस्तारै नेपाली चलचित्र चलायमान हुन थालेको छ ।  यस्तोमा सोच बिचार नै नगरी अर्जुनले चलचित्र प्रदर्शनको मिति पुस २ लाई घोषणा गरे ।  घोषणा पछिको समय उनी विवादित बोली बोल्दै गए ।

चलचित्र प्रतीक्षा गरिएका दुई विदेशी चलचित्र सँग जुध्दै थियो ।  तर उनी अर्को चलचित्रमा यी कलाकार नलिने भन्दै हिँड्न थाले ।

अन्तमा २ गते चलचित्र लागेन ।  उनले अर्को मिति पुस १५ गतेलाई प्रदर्शनको लागि लिएको भन्न थाले ।  उनले चलचित्र ‘कठपुतली’ ले यस अघि नै त्यसको ठिक एक दिन ढिला पुस १६ गतेको मितिमा प्रदर्शन घोषणा गरेको थाहा पाएका थिएनन् रे ।  चलचित्र क्षेत्रमा जमेका निर्माता मात्रै नभएर उनी सङ्गीतकर्मी र चित्रकार पनि हुन् ।  उनले यो विषय थाहा नपाएको भन्नु हास्यास्पद थियो ।  चलचित्र विकास बोर्डको निर्णय अनुसार उनले चलचित्र प्रदर्शन गर्न पाएनन् ।  उनले अर्को मिति पुस ३० मा आफ्नो चलचित्र प्रदर्शन गर्ने बताएका छन् ।

बुधवार भएको ‘कठपुतली’ चलचित्रको प्रिमियरमा पुगेका थिए उनी ।  त्यहाँ पनि उनले बोल्ने नपरे विषय बोले ।  ‘मैले यस चलचित्रको लागि आफ्नो चलचित्र पछाडि सारेको छु ।  मेरो लागि छुटाइएको सबै सो यो चलचित्रलाई दिनु । ‘ उनको बोलिमा हेपाहा प्रवृत्ति देखिन्थ्यो ।  यो चलचित्र प्रदर्शन गर्न उनले आफ्नो चलचित्र पछि सारेको नभएर बोर्डको नियम अनुसार पछि सर्नु परेको हो ।

बोली कै कारण उनको कलाकारसँग सम्बन्ध बिग्रिँदै छ ।  चलचित्रको विषय बस्तु पुरानो हुँदै गएको, पोस्टर राखेरै कन्टेन्ट सकिन लागेको जस्ता विषय उनी स्वयम्ले उठाई रहेका हुन्छन् ।  यस्तोमा विवादित बोली र पटक पटक सरेको मितिले दर्शकको उक्त चलचित्र प्रतिको उत्सुकता कम भएर गएको देखिन्छ ।

अझै पनि उनले बोली नसुधार्ने हो भने दर्शक झनै भड्किन सक्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *