यू-१९ एसिया कप : भारत लगातार तेस्रो र समग्रमा आठौं पटक च्याम्पियन

काठमाडौँ । भारतले यू-१९ एसिया कप क्रिकेटकाे उपाधि जितेको छ । यो उसको लगातार तेस्रोपटक र समग्रमा आठाैं पटकको जित हो । शुक्रबार यूएईमा भएको फाइनल खेलमा श्रीलंकालाई ९ विकेटले पराजित गर्दै च्याम्पियन भएको हो । यससँगै भारत फाइनलमा पुगेको हरेक पटक च्याम्पियन बनेको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंकाले ३८ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । वर्षाका कारण करिब दुई घन्टा रोकिएको खेलमा सुरुवातमा भारतलाई ३८ ओभरमा १०७ रनको लक्ष्य दिइएको थियो । पुन: फेरि दोस्रो पटक खेल ३२ ओभरमा घटाएर पुन: १०२ रनको विजयी लक्ष्य दियो । उक्त लक्ष्य भारतले ६३ बल बाँकी हुँदै मात्र १ विकेट गुमाएर पूरा गरेको थियो ।

भारतको जितमा अंक्रिस रघुबंशिले ५६ र शेइक रसिद्धले ३१ रन बनाए । हर्नोर सिंह ५ रनमानै आउट भएपनि भारतको फराकिलो जितमा श्रीलंकन बलरले कुनै चमत्कारीक प्रदर्शन गर्न सकेनन् ।

रघुवंसी र रसिद्धले दोस्रो विकेटका लागि ९६ रनको अविजित साझेदारी गरे । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निकै खराव सुरुवात गरेको थियो । श्रीलंकाका कुनैपनि सुरुवाती खेलाडी क्रिजमा टिक्न सकेनन् ।

उसले ३८ ओभरमा ९ विकेट गुमाएर केवल १०६ रनमात्रै जोड्न सकेको थियो । उसका लागि रभिन डि सिल्भा १५ रन बनाएर आउट हुँदा सदिशा राजापाक्ष र मथिसा पथिरानाले समान १४(१४ रन बनाए । श्रीलंकाका यसरु रोड्रिगोको नटआउट १९ रन सर्वाधिक रनका रुपमा रह्यो ।

भारतका लागि भिक्की ओस्टवालले ३ विकेट लिंदा कौशल टम्बेले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *